एमयूलाई विद्यार्थीकाे २४ घण्टे अल्टिमेटम, माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीबिच वार्ता असफल भएपछि विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । लामो समयदेखि आन्दोलन गदै आएका विद्यार्थीहरुले मौका परिक्षाको व्यवस्था गनुुपर्ने, स्ववियू चुनाव समयमै गर्नुपर्ने, पढाई नभएको समयको रकम छुुट दिनुुपर्ने लगाएतका माग राखेपछि वार्ताबाट निस्कर्ष निस्कन सकेको छैन ।

पटक पटक विश्वविद्यालयमा वार्ता भएपनि माग पुरा नहुदाँ विद्यार्थीहरु निरन्तर आन्दोलन गर्दै आउका छन् । माग सम्बोधन नभएपछि क्यामपसका सबै संकाय अन्तर्गत प्रशाननमा तालाबन्दी गरिएको विश्वविद्यालयका स्ववियू सदस्य रोशन बस्नेतले बताए ।

उनका अनुसार विश्वविद्यालय विद्यार्थीको मागप्रति गम्भिर नभएकाले २४ घण्टे अल्टिमेटम दिइएको छ । संयुक्त विज्ञप्ती जारी गर्दै २४ घण्टाभित्र मागप्रति विश्वविद्यालयको ध्यानाकर्षण नभए सबै प्रकारका आन्दोलनका कार्यक्रम गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिउका छन् ।