बर्दिया – प्लान इन्टरनेशन नेपाल क्षेत्रिय कार्यालय सुर्खेत को आयोजना मा बर्दिया जिल्लामा प्लान इन्टरनेशनल नेपालले संचालन गरेका बिभिन्न कार्यक्रमको अर्दबार्षिक समिक्षा तथा आगामी योजनका बिषयमा जिल्ला परियोजना सल्लाहकार समितीको समिक्षा बैठक सम्पन्न गरिएको छ । समिक्षा बैठक जिल्ला समन्वय समितीको संयोजक श्री शंकर चौधरी को अध्यक्षतामा बैठक बसी प्लान इन्टरनेशनलले बर्दिया जिल्लाका बिभिन्न पालीकाहरुमा संचालन गरेका परियोजनाका बारेमा सरोकारवाल पक्षसंग हाल सम्म गरेका कृयाकलाप, कृयाकलाप संचालन पछिको उपलब्धी, चुनौती तथा परियोजनाका दिगोपनका बारेमा समेत प्रस्तुती गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाइ प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यलय प्रबन्धक मिना पराजुली बाट स्वागत गदै प्लान बाकेमा १९९५ बाट शुरु भएको र बर्दिया जिल्लामा २००६ देखि बालबालीकाको सवालहरुमा वकालत गदै बिभिन्न गैसस मार्फत काम गदै आइरहेको र प्लान इन्टरनेशनल नेपालको रणनितीमा सबै किशोरी र युवा महिला हरुको स्वतन्त्रण पुर्वक आफनो अधिकार उपभोग गर्न पाउने एक समाबेशि र सुरक्षित समाज निर्माणको परिकल्पना गरेकाले आ ब २०२० देखि २०२३ सम्म ५ लाख बालीकाहरुमा प्रत्यक्ष रुपमा पुग्ने लक्ष लिएको बताउनु भयो । प्लान इन्टरनेशनल नेपालको ४ वटा रणनिति प्रस्फुटन, नेत्तृत्व, निर्णय र सिकाइ लाइ आधार मानी अति बिपन्न समुदाय केन्द्रित बलियो साझेदारिका रुपमा कार्यक्रम कार्यन्वयन गरेको बताउदै क्षेत्रिय कार्यालय मार्फत बाँके बर्दिया जुम्ला डोल्पामा प्रत्यक्ष रुपमा कार्यक्रमलाइ निरन्तरता दिएको बताउनु भयो ।
सस्थाबाट आ ब। २०७७।०७८ मा सस्थाले साझेदारि गरेका सस्थाबाट संचालन गरेका बिभिन्न कृयाकलापहरुको बिबरण सहित यसको उपलब्धी चुनौती र यसका प्रभाव बारे सस्थाकी संरक्षण कार्यक्रम बिषेशज्ञ दुर्गा क्षेत्री बाट प्रस्तुत गरिएको थियो । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लिलाधर अधिकारीले सस्थाले संचालन गरका कृयाकलाप बिपन्न समुदायका बालबालीका, महिला, र अन्य समुदायका लागी समुदाय मुखि भएता पनी केहि नितिगत कामका लागी आगामी दिनमा योजना बनाउन र पालीका वडा लाई सस्थाले संचालन गरेका कृयाकलापहरुको स्वामित्व लिदै स्थानिय तहको कार्ययोजनामा समाबेश गनूपर्ने सुझाब दिनुभयो ।
सस्थाले प्रस्तुत गरेका कृयाकलाप र कार्यक्रमको उपलब्धी बारे सहभागीहरु बाट बिधमन अबस्थामा बाल बिबहा, चाडो बिबहा, पोषण र बिपन्न समुदायका बिधालयमा अध्यान गर्ने न्युन सिकाइ भएका बालबालीका मुखि कृयाकलाप संचालन गर्न सकेको खण्डमा उदाहरणिय कार्य हुनेमा सहभागीहरुको जोड रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै जिल्ला समन्वय समितीको संयोजक श्री शंकर चौधरी ले प्लान इन्टरनेशनल नेपालले संचालन गरेका बिभिन्न कृयाकलाप जनमुखि भएको र यसको सफताको कामना दिनु भयो । सहभागीहरुबाट आएका सुझाबका आधारमा आगामी दिनमा अझ प्रभावकारी ढंगबाट योजना का साथ समन्वय समिती हातेमालो गर्न तयार रहेको बताउनु भयो
परियोजना सल्लाहकार समिती बैठकका जिल्लाका सरोकारवाल जिल्ला प्रसाशन कार्यालय बर्दिया, जिल्ला समन्वय इकाइ बर्दिया,जिल्ला शिक्षा समन्वय इकाइ, बर्दिया,सामाजिक बिकास डिभिजन कार्यालय बाँके, सामाजिक बिकाश शाखा बर्दिया, पशु कार्यालय, बर्दिया, कृर्षी कार्यालय बर्दिया, स्वास्थ्य कार्यालय बर्दियाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने प्लान इन्टरनेशनल नेपालको साझेदारिमा परियोजना संचालन गरिहेको स्याक नेपाल बाँके, बि ग्रुप, बाँके युनेस्को क्लब ,थारु महिला उथ्थान केन्द्र,गेरुवा जागरण बर्दिया सस्थाका कार्यसमिती पदाधिकारी एवम परियोजना प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन सस्थाका प्रयायोजित संचार बिषेशज्ञ जनक गिरि ले गर्नूभएको थियो । भने सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ बैठक संचालन गरिएको सस्थाका जनक गिरिले जानकारी दिए ।
ताजा खबर