दाङ – नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्र आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
एक औपचारिक कार्यक्रमका बीच संघले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाइ स्वामित्व र जिम्मेवारिसहित हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष कृष्ण गिरिले प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन । हस्तान्तण गरिएको अस्पतालको आँखा विभागको उद्घाटन गरिएको छ । प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीको विशेष उपस्थितिमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नेत्र विशेषज्ञसहितको आँखा विभाग उद्घाटन गरे ।
दुई जना नेत्र विशेषज्ञ सहितको सेवा अब सर्वसाधारणले पाउने र अब आखाको सर्जरी समेत अस्पतालमा हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतको भनाइ छ । बस्नेतका अनुसार आँखाको पोष्ट ग्रेजुएडको पढाइ पनि छिट्टै हुने भएको छ ।