जिल्ला प्रहरी प्रमुखहरु फेरिए, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुखेतका प्रुमुख एवं प्रहरी उपरिक्षक दिल्ली राज पन्तको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार राती एक वर्ष कार्यअवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् ।

सरुवा भएसगै सुर्खेतमा  राजेन्द्रप्रसाद भट्ट नयाँ प्रहरी प्रमुखको रुपमा आउने भएका छन् । त्यस्तै, भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, उदयपुरमा भिमबहादुर दाहाल, , मोरङमा सन्तोष खड्का, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।