काठमाडौं— थप ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालमा कोभिड़-१९ बाट ज्यान गुमाउने संख्या १ हजार ९ सय ३७ जना पुगेको छ।
यस्तै, आज मुलुकभर गरेर भेन्टिलेटरमा ३५ जना र आइसीयुमा १ सय ४४ जना संक्रमितको उपचार भैरहेको छ। हाल बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना, प्रदेश १ मा १ जना र सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।