काठमाडौं – इंग्लिस प्रिमियर लिगमा जारी सिजन शिर्ष स्थानका लागि संघर्षरत म्यानचेस्टर युनाइटेड र लिभरपुल एफएकपमा भने चौंथो चरणमानै प्रतिष्पर्धा गर्ने भएका छन्।
एफ ए कपको सार्वजनिक ड्र अनुसार जनवरीको अन्त्यमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबिच खेल हुने तय भएको छ। चौथो चरणको खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुनेछ।
त्यस्तै लिगविहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग प्रतिष्पर्धा हुने तय भएको छ।
एफएकपको चौंथो चरण २३ र २४ जनवरीमा हुने छ। जोसे माउरिन्होको टिम टोटनह्यामले भने विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने छन्।