कर्णालीकाे सिजा र दुल्लुमा सांस्कृतिक संग्राहालय स्थापना गरिने- मन्त्री ज्वाला

सुर्खेत – कर्णाली प्रदेश सरकारले जुम्लाको सिजा र दैलेखको दुल्लुमा सांस्कृतिक संग्राहालय स्थापना गर्ने बताएको छ । कर्णाली कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै प्रदेश संग्राहलयको स्थर उन्नती गर्दै स्थानीय तहको सहकार्यमा सिजा र दुल्लुमा सांस्कृति संग्राहालय निर्माण र पूर्वाधार विकासमा सांझेदारी गरिने बताए ।
सिजाको पुरातात्व र दुल्लुमा रहेको नेपाली भाषाको पराचिन अभिलेख, कृतिखम्ब, गढि देवलको संरक्षण गरिने समेत बताए । साथै खसभाषाको शब्दकोष तयार गर्न आवश्यक बजेट विनियोजन गरेको समेत बताए ।