योग दिवसको पूर्वसन्ध्यामा प्रदेश आयुर्वेद औषधालयले ४ दिन योग दिवस मनाउने

सुर्खेत – राष्ट्रिय योग दिवसको अवसरमा  प्रदेश आयुर्वेद औषधालयले विभिन्न कार्याक्रम गरी योग दिवस मनाउने भएकाे छ ।  ‘गरौ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ योग दिवस मनाउन लािगएकाे हाे ।

योग दिवस २०७७ को पूर्वसन्ध्याको अवसरमा लगातार ४ दिन योग दिवस मनाउन लागिएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ ।

औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले ४ दिनसम्म योग दिवस मनाउने कार्यतालिका रहेको बताए । उनका अनुसार भोली पुस २७ गतेदेखि माघ १ गतेसम्म विभिन्न कार्यक्रम गरी योग दिवस मनाउन लागिएको हो । तालिका अनुसार नशिुल्क योग, ध्यान, जीवनशैली परिवर्तन र सचेतनाका कार्यक्रमहरु हरेका छन् ।