बिहेको मण्डपबाटै प्रेमिका लिएर दुलहा फरार, दुलहीको सहचालकसँग विहे


एजेन्सी – बिहेको मण्डपबाटै दुलहा प्रेमिका लिएर भागेका छन्। भारतको कर्नाटकको चिक्कामागलुरु जिल्लामा दुलहीलाई विवाह मण्डपमा छोडेर दुलहा प्रेमिका लिएर भागेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नवीन नाम गरेका ति पुरुष र तिनको भाइ अशोकको एकसाथ बिहे हुने तय भएको थियो। बिहेको अघिल्लो दिन नवीनको प्रेमिकाले यदि आफूलाई छोडेर अरु कसैसँग बिहे गरे विवाह मण्डपमा आएर विष खाएर मर्ने धम्कि दिएकी थिइन्। विवाह मण्डपमा सबै कार्यक्रम जारी थियो। मण्डपमा सात फेरा लगाउने समयमा नविन प्रेमिकासँग भागेका हुन्।

फिल्म जस्तो देखिने घटनामा दुलहा भागेपछि केहि छिन दुलही पक्षमा चकित भएको थियो। तर, मण्डपमा ल्याइसकेकी दुलही सिन्धुको विवाह नरोकिने माइतीपक्षले अडान लियो।

जसका लागि तत्कालै नयाँ दुलहाको खोजी गरिएको थियो। त्यो घटना नजिकबाट हेरिरहेका चन्द्रप्पा पनि उक्त विवाहमा जन्ती बनेर आएका थिए। माइती पक्षको नजरमा उनी परे। उनलाई सिन्धुसँग बिहे गर्न आग्रह गरियो।

चन्द्रप्पा गाडीका सहचालक हुन्। सिन्धुको परिवारलाई चन्द्रप्पाले वास्तविकता सुनाए। यद्यपी सिन्धुको परिवार चन्द्रप्पासँग विवाह गर्न आफू राजी भएको बताए।