राँगाको सिङ लगाएर अमेरिकी संसदमा छिर्ने पक्राउ

अमेरिकी प्रहरीले राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा प्रदर्शनमा उत्रिएका व्यक्तिलाई पक्राउ गरेकाे छ।

उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको पुष्टी भएको छ। इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो। इन्टरनेट समुदायभित्र यो आन्दोलन वर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थिरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो।

राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने ती व्यक्ति ज्याकोब एन्थोनी चान्सले रहेको पुष्टी भएको छ, जसलाई ज्याक एन्जेलीका रुपमा चिनिँदै आएको छ।

उनले आफूलाई ‘क्युअनन जादूगर’का रुपमा चिनाउँदै आएका छन्। उनी बुधबार अनुहार पेन्ट गरेर राँगाको जस्तो सिङ भएको भुत्ले टोपीसहित अनाधिकृत रुपमा संसद भवन छिरेका थिए।

उनी भाला बोकेर त्यहाँ छिरेको र भालाको धारमुनि अमेरिकन झण्डा लगाएको वासिङ्टन डिसीका संघीय एटोनी जनाएका छन्। अमेरिकामा क्युअननका समर्थकहरु झण्डै एकलाख भएको अनुमान गरिएको छ।