ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा अयोग्य राष्ट्रपतिः बाइडेन


एजेन्सी – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद भवनमा आक्रमणकारीहरुलाई घरेलु आतंकवादीको संज्ञा दिएका छन् । उनले संसद भवनमा आक्रमण गर्नेहरुमाथि मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । उनले उक्त आक्रमण रोक्न असफल भएका अधिकारीहरुको जवाफदेहिता पनि तय गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्न्दा अयोग्य राष्ट्रपति भएको बताए । यद्यपि, उनले ट्रम्पमाथि महाअभियोग लगाउन किन नलगाउने भन्ने सवालमा कुनै जवाफ दिएनन् ।

पत्रकाररुसँगको कुराकानीका क्रममा उनले भने– ‘यो ठगहरुको समूह हो । उनीहरु घरेलु आतंकवादी हुन् र उनीहरुविरुद्ध मुद्दा चलाइनेछ ।’ बाइडेनले संसद परिसरमा प्रदर्शकारीहरुसँग सेल्फी लिने प्रहरी अधिकारीहरुमाथि पनि छानबिनको माग गरे । बाइडेनले २० जनवरीमा अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । उनीसँगै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि शपथ लिनेछिन् ।