भैरहवामा शम्भुजित बाँस्कोटा साँझ हुँदै

काठमाडौं – जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुने भएको छ।

कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा पुगेका छन्। गायक तथा संगीतकार बाँस्कोटाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा आफ्नो प्रस्तुती हुने बताए।

उक्त प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा विनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए। बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले जानकारी दिए।