एकैदिनमा थपिए ४२५ संक्रमित

काठमाडौं—थप ४ सय २५ जनामा कोभिड—१९ पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय २५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । थपिएका संक्रमित मध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा ६१ संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये ६ जना महिला ५६ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या ९ सय ७४ रहेको छ । आज थप रुकुम पुर्व जिल्लामा संक्रमण देखिएसँगै ७३ जिल्लामा संक्रमणको केस देखिएको छ । यस्तै, संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।