जुम्लामा ८ जुवाडे पक्राउ


जुम्ला ‍- जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

चन्दननाथ नगरपालिका–१, विमानस्थल नजिकै जुवा खेलिरहेका ८ जना समातिएका हुन्। उनीहरूको साथबाट नगद ७० हजार रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका ८ जुवाडेलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख (डिएसपी) माधवप्रसाद काफ्लेले बताए। पक्राउ पर्नेमा कमल मल्ल,कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेको उनले जानकारी दिए।