पूर्व राष्ट्रपति जर्ज बुशले अमेरिकी संसदमा भएको हिंसाको तुलना ‘असफल गणराज्य’ सँग गरे

एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले एक बयान जारी गर्दै संसद भवनमा भएको हिंसाको निन्दा गरेका छन् ।

बुशले यसलाई ‘हंगामा, एक प्रकारको राजद्रोह र पागलपन’ को संज्ञा दिएका छन् । उनले भने, ‘मैले जे दृश्य देखेँ, त्यसले मलाई पीडा दिएको छ ।’

रिपब्लिकन नेता जर्ज डब्ल्यू बुशले भने, ‘चुनावको नतिजाको विषयमा यस्तो प्रकारको विवाद असफल गणराज्यमा देखिन्छ । अमेरिकाजस्तो देशमा होइन ।’

बुशले आफ्नो बयानमा यो हंगामाका लागि केही नेतालाई जिम्मेवार देखाएका छन् । तर उनले आफ्नो बयानमा कतै पनि डोनल्ड ट्रम्पको नाम लिइनन् ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म यो हिंसाको निन्दा गरेका छैनन् तर उनले प्रदर्शनकारीलाई शान्त बस्न अपिल गरेका छन् ।