कालिकोट – जिल्लाको पलाँता गाउँपालिकामा नेपाल टेलिकमको फोन सेवाले काम नगर्दा कर्मचारीलाई भि–सेट वितरण गरिएको छ । कार्यालय अवधिमा कर्मचारीसँग कुरा गर्नं पनि समस्या भएपछि सम्पर्कमा रहन कर्मचारीलाई भि–सेट प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमका अनुसार पालिकाको उर्जा शाखालाई भि–सेट हस्तान्तरण गरिएको छ । हालसम्म पनि पलाँता गाउँपालिकाका केही क्षेत्रका नागरिकले टेलिफोन सेवा उपभोग गर्न पाएका छैनन् ।
नेपाल टेलिकमको फोन सेवाले काम नगर्दा उर्जा शाखालाई भि–सेट हस्तातरण गरिएको अध्यक्ष बमले बताए । एक अर्कामा खवर आदान प्रदान गर्न समस्या आएपछि भि–सेट प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ । यस अघि पलाँता गाँउपालिकामा रहेको विकास निर्माण दलका कमाण्डरलाई पनि भि–सेट हस्तान्त्रण गरिएको थियो ।