सुदुरपश्चिममा चार स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी

धनगढी–सुदुरपश्चिममा चौथो स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना एकै नवदुर्गा गाउँपालिकामा रहेकोमा २७ बर्षीय महिलामा डडेल्धुरा अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । उनी अहिले आईसोलनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टेसिंगको काम भईरहेको विष्टले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ । कञ्चनपुरको लालझाडीका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यसअघि कञ्चनपुरको पुर्नवास नगरपाकिला दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।