देशलाई अस्थिरताबाट बचाउन अध्यावधि निर्वाचन : मन्त्री थापा

सुर्खेत – खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका नेकपाका नेता मणिचन्द्र थापाले देशलाई अस्थिरताबाट बचाउँन र जनतासँग म्याण्डेट लिनको लागि मध्यावधि निर्वाचन घोषणा गरिएको बताए ।

म‌‌गलबार वीरेन्द्रनगरमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा  केपी ओली नेतृत्वको नेकपाका नेता थापाले प्रचन्ड नेपाल पक्षका नेताहरु कुर्चिकाे खेलमा मात्र लागेपछि देशलाई अस्थिरताबाट बचाउन निर्वाचनकाे घोषणा गरिएको बताए ।

कर्णाली प्रदेश ईन्चार्जको जिम्मेवारी पाएपछि जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन पहिलोपटक सुर्खेत आएका थापाले देशी तथा विदेशी तत्वका कारण नेकपा एकता विभाजनतर्फ उन्मुख भएको बताए ।

थापालेका अनुसार, अहिले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएकाे छ, त्यसलाई सुधार्न प्रधानमन्त्रीले नयाँ निर्वाचनको घोषणा गर्नु भएको हो । नयाँ सरकार आएपछि र जनताले स्पष्ट म्याण्डेट दिएपछि मात्रै स्थायित्व र समृद्धिको सपना पूरा हुनेछ ।