जाडोमा स्किनलाई जोगाउन यसरी गर्नुहोस हेरचाह

 जाडो मौसममा अनुहार सुक्खा हुँदै फुट्न थाल्छ। अनुहार रुखो हुन्छ। यस्ता स्किनको हेरचाह नभएमा पोल्ने र चिलाउने जस्ता समस्या हुनेगर्छ। लापरवाही गर्दा रगत नै आउने समेत हुनसक्छ।  घामको किरण, प्रदुषण, चिसो हावाले शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ। स्किन सम्वन्धी समस्याको लागि प्राकृतिकतरिकाबाट छुट्कारा पाउन सकिन्छ।

 

मेवा

  • फुटेको छालामा लगाउनु एकदमै लाभदायिक बनाउँछ।
  • यसको गुंदीलाई पेस्ट बनाएर अनुहारमा लगाएर मसाज गरेर १५ मिनेटको लागि छोड्नुहोस्।
  • १५ मिनेट पुरा भएपछि मनतातो पानीले धुनुहोस।
  • मेवामा मिसीएको भिटामिन ए र पोपन नामक एन्जाइम डेड स्किनलाई हटाउनुको साथै स्किनमा भएको दाग-धब्बालाई हटाउन र स्किनको लचिलोपनलाई पनि एकदमै राम्रो बनाउँछ।

 

कास्टर र ओलिभ तेलको मिश्रण

  • त्वचालाई नरम बनाउन ३ चम्चा ओलिभ तेल र एक चम्चा कास्टर तेललाई मिसाएर अनुहारमा लगाउनुहोस्।
  • यसले अनुहारको डेड स्किन हट्नेछ।
  • मनतातो पानीमा भिजेको कपडालाई हल्का निचोरेर अनुहारलाई ढाक्नुहोस् र चिसो भएपछि पखाल्नुहोस्।
  • यसले अनुहारलाई नरम बनाउँछ।

 

कागतीको रस

  • जाडोमा कागतीको रस लगाउनाले अनुहार नरम हुने गर्छ।
  • गिल्स्रिनसँग कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस।
  • सुन्तालाको फेस प्याकले पनि अनुहारमा निखार छाउँछ।
  • कागतीको रस अनुहारमा लगाउनाले सुरुमा हल्का पोल्ने हुनसक्छ।
  • रस अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्नुहोस्।
  • यसले फुटेको अनुहारलाई फाइदा दिन्छ। -एजेन्सी