काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निर्वाचनका क्रममा जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफ्नो लागि भोटको व्यवस्था गर्न निर्देशन दिएको खुलेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो जितका लागि आवश्यक भोटको प्रबन्ध गर्न शीर्ष निर्वाचन अधिकारीलाई टेलिफोनमार्फत् निर्देशन दिएको कल रेकर्ड सार्वजनिक भएको हो। वासिंटन पोस्टले प्राप्त गरेको फोनको अडियोमा ट्रम्पले जर्जियाका निर्वाचन अधिकृत ब्राड राफेन्सपर्गरलाई ११ हजार ७८० भोटको व्यवस्था गर्न निर्देशन दिएको सुन्न सकिन्छ। ट्रम्पको निर्देशनपछि ब्राडले जर्जियाको नतिजा ‘ठिक’ रहेको प्रतिक्रिया दिएको पाइएको छ।
राष्ट्रपति निर्वाचनमा जर्जियामा डेमोक्रेट उम्मेदवार जो बाइडेनले जित हात पारेका थिए। त्यहाँ बाइडेनले ३०६ र ट्रम्पले २३२ इलोक्टोरल मत प्राप्त गरेका छन्।
गत निर्वाचनमा पराजित भएपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको बताउँदै आएका छन्। तर अहिलेसम्म धाँधलीको कुनै प्रमाण भेटिएको छैन। ट्रम्पको कार्यकाल यही जनवरी २० सम्म छ।