डोल्पा सदरमुकाम ५ दिनका लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको निषेधाज्ञाको सूचना।

डोल्पा – डोल्पामा कोरोना भाइरका संक्रमितको संख्या बढ्नथाले पछि पाँच दिनका लागि निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले एक सुचना जारि गर्दै पुस १९ गतेदेखि पुस २३ गते सम्म सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा निषेधाज्ञा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले सदरमुकाम र आसपासका क्षेत्रमा भिडभाड धेरै हुने गरेकाले कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दैँ गएपछि उक्त क्षेत्रहरुमा कोरोना संक्रमाण दर बढ्दैँ गएकाले पाँच दिन निषेधाज्ञा गरिएको बताए ।

आइतबार देखी सम्बन्धित क्षेत्रहरुमा जमघट, भेला, सेमिनार, समिक्षा, गोष्ठी, छलफल जस्ता कार्यनर्गन भन्दै पूर्व लोचा खोला देखी पश्चिम शुलिर्गाड, उत्तरमा भेरी पारिको सम्पूणर् बस्ति अस्पताल क्षेत्र र दक्षिण तिप्ला जानेबाटो चार किल्ला तोकेर निषेधाज्ञा गरिएको प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

साथै बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानका पसलहरु बिहान ९ बजेदेखी दिउसो १२ बजे सम्म खुल्न दिने र दिनभर बन्द गर्ने होटल, रेष्टुरेन्ट, शैलुन, पुलहाउँस पूणर् रुपमा बन्द गर्ने सुचनामा उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक बाहेकका यातायात सञ्चालन गर्न नपाइने, जरुरी कामले घर बाहिर निष्कदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियम कायम गरिएको छ ।
उक्त नियमको पालना नगरी उलंघन गरेको भेटिएमा संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवार्ही गरिने अधिकारी ढकालले जानकारी दिए ।

जिल्लामा कोराना भाइरस संक्रमितको संख्याले उच्च जोखिम बढि रहेको बेलामा नागरिकले खेलाची रुपमा लिन थालेपछि संक्रमणले ठुलो रुप नलगोस र नियन्त्रण गर्न सकियोस भन्ने उद्देश्यका साथ निषेधाज्ञा गरिएको अधिकारी ढकालले बताए ।

हाल सम्म डोल्पामा २ हजार चारसय दुईजनाको पिसिआर परिक्षण गर्दा २६ जना संक्रमित देखिएका छन । जसमध्य १० जना निको भएर घर पर्किएका छन ७ जनाको होम आइसोलेसन र आइसोलेसनमा रहेको दुईजनाको काडमाण्डौ उपचार भई रहेको र एक जनाको ज्यान गएको छ ।
यस्तै कोरोना संक्रमणको कारण गम्भिर भएका भएका ५१ बर्षका शिक्षक र ६० बर्षका वडा अध्यक्षलाई जिल्ला प्रशासनको सहकार्यमा हेलीकप्टरबाट शुक्रबार काठमाण्डौ लगेर उपचार भइ रहेको छ ।