बेलायत अन्तत: औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ।
सन् १९७३ मा संघको सदस्यता लिएको यो शक्तिराष्ट्रले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो।
युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो। ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो।
त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्।
यो प्रकृया आज औपचारिक रूपमै सम्पन्न भएको बीबीसीमा उल्लेख छ। प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको र फरक तथा राम्रो तरिकाले काम गर्ने धारणा राखेका छन्।
इयुबाट बाहिरिएपनि बेलायत मित्र र सहयोगी रहिरहने फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन्।