‘तिमीलाई देखेपछि’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – गायिका रचना रिमालको स्वर रहेको गीत ‘तिमीलाई देखेपछि’को म्युजिक भिडियो सार्वजनिक भएको छ । निरायु गौतमको शब्द तथा स्वर रहेको गीतको भिडियोमा अभिनेता गणेश गिरि र निरायु गौतम र जावे रिया केसीको अभिनय देख्न सकिन्छ ।

ओम सुनारको संगीत रहेको गीतको भिडियोमा सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडु समेत देखिएका छन् ।

चितवनको सौराहा, नारायणघाटलगायतको स्थानमा छायाँकन भएको भिडियो गणेश गिरीलेनै निर्देशन गरेका हुन् । करिव आधा दर्जन फिल्म अभिनय गरेका अभिनेता गिरी यसै भिडियो मार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।

भिडियोमा सौरभ लामाको छायांकन, गौतम राज खड्काको सम्पादन छ ।

https://youtu.be/gUuC_DqbHuE