कैलाली चिसापानीमा बेबारिसे अवस्थामा एक पुरुषको लास फेला

कैलाली – कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको चिसापानी खोलामा बेबारीसे लास प्रहरीले फेला पारेको छ ।

चिसापानी खोलमा बेबारीसे लास भ्ेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

लासको पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र हालसम्म पहिचान खुल्न नआएको उनले बताए ।

फोटोको आधारमा पहिचान भएमा यस कार्यलय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको उनले बताए ।

प्रहरीका अनुसार मृतक व्यक्तिको उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५ र ३० वर्षको देखिने, दाँया हातको पाखुरामा नाग सर्प , शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु र बाँया हातको पाखुरामा बिच्छिको ट्याटु छ ।

लास सडिगली गएको अवस्थामा रहेको तथा लास नजिकै सेतो रंगको गन्जी रहरियो रंगको हाप सट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।