नेपाल प्रहरीका सईबिरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दरप्रसाद कानु बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससहित पक्राउ गरेका थियो ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईकल फिर्ता दिने बहानामा उनले ५० हजार घुस मागेको आयोगले जनाएको छ । उनीबिरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन–०५९ अनुसार ५० हजार बिगो माग दाबी लिएको छ ।