‘सरप्राइज’मा मुकेश

 

काठमाडौं – पछिल्लो समय अमेरिका रहेको अभिनेता मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा देखिने भएका छन् । धनेन्द्र रसाइलीको निर्देशन रहेको फिल्ममा आफ्नो अभिनय रहेको मुकेशले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

फिल्ममा मुकेशका अलावा लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरेलगायतको अभिनय रहेको छ ।

प्रेमकथामा बन्न लागेको फिल्ममा पुष्प गजमेरको संगीत, राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको छ ।

गत २३ डिसेम्बरबाट छायाँकन सुरु भएको फिल्मका निर्देशक धनेन्द्र रसाइली हुन् । करिब दर्जन बढी फिल्म अभिनय गरेका मुकेश लामो समयपछि अभिनयमा फर्किएका हुन् ।