अमेरिकामा कोरोना खोप लगाएका एक नर्समा कोरोना संक्रमण

एजेन्सि- अमेरिकामा कोरोना खोप लगाएका एक पुरुष स्वास्थ्य परिचारक नर्स कोरोना संक्रमित भएका छन। उनले उक्त खोप लगाएको एक हप्ता पछि संक्रमित भएका हुन् ।

उनले फाईजरको खोप लगाएका थिए। चिकित्सा विज्ञहरुका अनुसार खोप लगाए पछि शरीरले सुरक्षा निर्माण गर्न केही समय लाग्ने बताएका छन्। ४५ वर्षीय म्याथ्यु डब्लु नामका ती नर्सले स्थानीय अस्पतालमा गत डिसेम्बर १८ मा खोप लिएको र घाउ भएको बताइएको छ।

सुई लगाएको ६ दिन पछि क्रिसमसको पूर्वसन्ध्यामा कोभिड–१९ इकाईमा आफ्नो काम सकेपछि बिरामी परेका थिए। उनलाई कोरोनाका संक्रमणहरु शरीर ठण्डा हुदै काम्ने,मांसपेसी दुख्ने र थकाई जस्तो लक्षण देखिएको थियो

उनि अस्पतालमा आफ्नै गएर कोभिड–१९को परीक्षण गर्दा क्रिसमसको भोलि पल्ट संक्रमित देखिएको उनले बताएको अमेरिकी सञ्चारमाध्यम एबिसीले जनाएको छ।