अर्गानीक उत्पादन बढाउन खाद्य बैंकको अभिमुखिकरण

सुर्खेत – राष्ट्रिय खाद्य बैंक लिमिटेडले कर्णालीका सरोकारवालासँग अभिमुखिकरण गरेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबार बैंकले एक कार्यक्रमकाबिच ‘पोषिलो आहारको लागि दिगो कृर्षि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ उक्त अभिमुखिकरण गरेको हो ।

बैंकका अध्यक्ष शंकरनाथ उपे्रतीले कर्णाली प्रदेश आफैमा अर्गानीक प्रदेश भएकाले कृर्षि तथा खाद्यबस्तु सम्बन्धी कर्णालीका नागरिक तथा जनाप्रतिनिधिसँग अभिमुखिकरण गरिएको बताए । आम नागरिकलाइ कृर्षि जन्य उत्पादनमा आवश्यक पर्ने औजार तथा वीउ, विजनहरु बैंकले सहजै कृषक सामु पु¥याउने र उत्पादन गरिएका अर्गानीक खाद्य तथा नगदेबालीलाई बजारीकरण गर्न बैंकको स्थापना गरिएको उनले जानकारी दिए ।

‘हामिले आम कृषकको समस्यालाई मध्यनजर गर्दै यो तरिका अपनाएका हौँ’ उनले भने, ‘त्यसैले अर्गानीक खाद्य उत्पादनमा सहयोग गर्न खाद्य बैंक तपाईँको घरदैलोमा नै आएको छ । यस बैंकलाई उचाईमा पु¥याउन सबै निकायको साथ आवश्यक छ ।’

साथै खाद्यान्न, दलहन, तरकारी, दुधजन्य, माछा÷मासु जन्य पदार्थ, रैथाने बाली तथा मसला, जडिबुटी लगायतका वस्तुको उत्पादन गराउन लगाई कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए । यस्तै आम नगरिकले हालसम्म विषादीयुक्त तरकारी तथा खाद्य वस्तु जानीजानी उपभोग गरिरहेको उनको भनाइ छ ।