राष्ट्रपति विद्यादेवी भण्डारी  द्वारा‘तमु ल्होसार’ पर्वकाे अवसरमा  शुभकामना

 

काडमांडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उधौली तथा गुरुङ समुदायको ‘तमु ल्होसार’ पर्वका अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले अलग–अलग दिनुभएको शुभकामना सन्देशमा कोभिड–१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी चाड मनाउन हुन सबैमा आह्वान पनि गर्नुभएको छ ।

उधौली पर्वको अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षीहरू लेकबाट बेँसीतिर बसाइ सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने गर्दछन् ।

साथै राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारु होस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गर्दछन् ।
यस पर्वमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरुङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।

यसैगरी गुरुङ समुदायले आजको दिन विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । यस पर्वमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडाजस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु ९गुरुङ० जातिकोे ‘तमु ल्होसार’, किराँतहरूको उधौली पर्व, ज्यापू समुदायको महìवपूर्ण चाड योमरी पुन्हि ९ज्यापू दिवस० र धान्य पूर्णिमाका अवसरमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।(गोरखापत्र)