काठमाडौं – क्रिसमसमा मृत फेला परेका चीनका गेम टाइकूनलाई विष दिएर हत्या गरेको शंघाई प्रहरीले पुष्टि गरेको छ । ३९ वर्षीय लिन ची ‘यूजू’ नामक गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ नामक गेमका लागि चिनिन्थ्यो ।
शंघाई प्रहरीले जारी गरेको विज्ञप्तिमा लिनका एक सहयोगीलाई मुख्य संदिग्ध बताइएको छ । यद्यपि, प्रहरीले ती व्यक्तिको नाम खुलाएको छैन । केवल उनको उपनाम जू भनेर सम्बोधित गरेको छ ।
हुरुन चाइना रिच लिस्टका अनुसार लिनको कूल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् एक अर्ब डलर रहेको छ । उनको मृत्युबारे गरिएको पोष्टमा हजारौँले कमेन्ट गरेका छन् वीबोमा यसलाई २९ करोड पटक हेरिएको छ ।
गेमअफ थ्रोन्सबाहेक लिनले अन्य कयौँ हिट गेमहरु पनि बनाएका थिए ।