जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा

जाडोमा चिसोका कारण बिरामी हुने जोखिम बढी हुन्छ। उक्त मौसममा अदुवाको काढा सेवन गर्नाले पनि स्वस्थ र फिट रहन सकिन्छ । अदुवाको काढाले चिसोमा लाग्ने रोगलाई हराउन मद्दत गर्छ। अदुवा औषधीय गुणहरुको धनी मानिन्छ।

यस्तो छ अदुवाको काढा सेवन गर्दा हुने फाइदाहरु ।

संक्रमणबाट सुरक्षा

अदुवाको काढा पिउनाले शरीरमा संक्रमणको जोखिम न्यून हुन्छ । संक्रमणबाट सुरक्षित रहन आफ्नो डाइटमा अदुवाको काढा समाबेश गर्नुहोस।

एलर्जीका बिरामीलाई राहत

यदि तपाई एलर्जीबाट चिन्तित हुनहुन्छ भने अदुवाको काढा पानीले राहत दिन्छ। यसले एलर्जीबाट छुटकारा समेत मिल्नसक्छ ।

फोक्सोको लागि फ़ाइदाजनक

अदुवाको काढा पानी फोक्सोको लागि निकै फाइदाजनक मानिन्छ। चीसो मौसममा फोक्सोलाई स्वस्थ राख्न र तन्दरुस्त देखिन उक्त पानी सेवन गर्नु पर्दछ।

गर्भवती महिलाको लागि उपयुक्त

गर्भवती महिलाको लागि अदुवाको काढा निकै फाइदाजनक हुने गर्छ। गर्भावस्थाको समयमा अदुवाको काढा सेवन गर्नु जरुरी छ। -एजेन्सी