आज पहाडी ठाउँहरुमा सामान्य कुहिरो लागेको छ ।
आज सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार हिउँ पर्ने सम्भावना रहेकाले हिमाली क्षेत्रमा चिसो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
तराईका जिल्लाहरुमा पनि अहिले बिहानबाट बिस्तारै हुस्सु र कुहिरो लाग्न सुरु भएको मौसमविद् श्रेष्ठको भनाइ छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले वाग्मती र गण्डकी प्रदेशको हिमाली ठाउँहरुमा पातलो कुहिरो लागेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया आज सफा रहेको छ ।
आज दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम बद्ली हुनेछ । आज राति भने प्रदेश नं १ बाहेका स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।