सुर्खेत – कर्णालीमा थप एक ८२ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएकाे छ । सुर्खेतकी एक ८२ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हाे । सास फेर्नमा कठिनाई र ज्वरोको समस्या देखिएकी वीरेन्द्रनगर–६ की ठेगाना भएकी महिला उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा आज विहान ८ ः ४२ बजे मृत्यु भएको हो ।
पुस १० गते प्रदेश अस्पतालको आकस्मीक कक्षमा भर्ना भएकी उनको सोही दिन राती कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
उनले प्रोटोकलअनुसार आवश्यक सबै उपचार गरिएपनि सुधार नहुँदा आज मृत्यु भएको बताए । जनस्वास्थ्य सेवा कार्यालयको समन्वय तथा नेपाली सेनाको सहयोगमा शवको व्यवस्थापन गर्ने तयारी भएको कँडेलको भनाई छ । योसँगै कर्णालीमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।