मौसम पूर्वानुमान : कर्णालीमा दुई दिन आंशिक बदली भई चिसो बढ्ने

काठमाडौं – तीन दिनसम्म देशैभरको भई चिसो बढ्ने मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । यस्तै कर्णाली प्रदेशमा दुई दिन आंशिक बदली भई चिसो बढ्नेछ । साथै चिसोबाट सुरक्षित रहन आग्रह गरिएको छ ।

आज शनिबार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश । आइतबार लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश । सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ ।

शनिबार पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो छ । जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ।