युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा जिम्मेवारीबाट हटाइएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् ।
मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी ओलीले विश्वकर्मालाई हटाउने निर्णय लिएका हुन् ।
खेलकुद मन्त्रीका नीजि सचिव भरत गुरुङ्गका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासंग भेट गरेका थिए । संवादको क्रममा प्रधानमन्त्रीले निर्वाचनको काममा केन्द्रित हुन विश्वकर्मालाई अनुरोध गरेका थिए ।
‘बदलिदो राजनीतिक परिवेश अनुसार पाटी र निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आग्रह थियो । सोही अनुसार मन्त्रीबाट बाहिरिने निर्णय भएको हो ।’ गुरुङले खेलपाटीसंग भने ।
प्रधानमन्त्री ओलीले करिब तीन वर्ष अघि विश्वकर्मालाई खेलकुद मन्त्रीको जिम्मेवारी दिएका थिए ।
मन्त्री विश्वकर्माकै कार्यकालमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० सम्पन्न भएको थियो भने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माण भई कार्यान्वयनमा आएको थियो ।
विश्वकर्माको बहिर्गमनसंगै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन् । उनी शुक्रबार बिहानैमात्र नेकपा विभाजनमा ओली पक्षमा खुलेका थिए ।(खेलपाटि)