बेलायतमा  भेटिएको कोरोनाभाइरस  पछिल्लो नयाँ भेरियन्टभन्दा थुप्रै गुणा बढी खतरनाक

 

एजेन्सि-   बेलायतमा कोरोनाभाइरसको अर्को एउटा नयाँ भेरियन्ट प्रकार भेटिएको छ जुन पछिल्लो नयाँ भेरियन्टभन्दा थुप्रै गुणा बढी खतरनाक छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले बुधबार नयाँ भेरियन्टका दुई संक्रमित भेटिएको जानकारी दिएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको हो ।

बेलायतमा जुन दई व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएका छन्, उनीहरु हालै दक्षिण अफ्रिकाको यात्रामा गएका थिए ।

म्याट हेनककका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट बेलायतमा पाइएको भेरियन्टभन्दा बढी तीब्र गतिमा फैलने र बढी म्युटेट हुने किसिमका छन् ।

उनले यो भेरियन्टको प्रसारलाई निकै चिन्ताजनक बताएका छन् ।

ताजा चिन्तालाई मद्देनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा हालका लागि प्रतिबन्ध लगाइएको छ ।

यसबाहेक पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका र उनको सम्पर्कमा आएका मानिसहरुलाई तुरुन्त क्वारेन्टिन हुन निर्देशन दिइएको छ ।

कोरोनाभाइरसको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा गम्भीर चिन्ताको विषय बनेको छ ।

दक्षिण अफ्रिकाकाम स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले यो नयाँ भेरियन्टको चपेटमा आएर युवा तथा स्वस्थ मानिसहरु पनि नराम्रोसँग बिरामी परिरहेको जानकारी दिइएका छन् ।

यस्तै दक्षिण अफ्रिकी वैज्ञानिकले नयाँ भेरियन्ट निकै तीब्र गतीमा फैलिरहेको र यसले देशको विभिन्न हिस्सालाई नराम्रासँग आफ्नो चपेटमा पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।