सल्यान- सल्यानकाे सिद्ध कुमाख गाउँपालिका–२ पेतिखोलाकी २४ वर्षीया निर्मला चलाउने उनकी तीन वर्षीया छोरी एक महिनादेखि सम्पर्कविहीन भएका छन्।
घरबाट बजार जान्छु भनीगत मंसिर ३ गते श्रीनगर आएकी उनी अझै घर नर्फिएको र उनको साथमा नगद चार लाख समेत रहेको उनका श्रीमान अम्मर चलाउनेले बताएका छन। प्रहरीमा खोजीका लागि खबर गर्दा समेत अहिलेसम्म सम्पर्कमा नआएको चलाउनेको भनाइ छ।
बेपत्ता भएकी श्रीमती र छोरी खोजी दिन अम्मरले आग्रह गरेका छन्। उता प्रहरीले निर्मलाको खोजी भइरहेको बताएको छ।