सुर्खेत – कर्णालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतकाे गुर्नभाकाे६ गरपालिका–७, का ७५ बर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो ।
मृतक पुरुषलाई कडा निमोनियासँगै कोरोना संक्रमणका कारण निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापना गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २३ पुगेको छ ।