काठमांडौ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।
प्रतिनिधिसभा भंगपछि नेपालमा देखिएको पछिल्लो राजनीतिक अवस्थाबिच राजदूत होउ साँझ ६ बजे शीतल निवास पुगेकी थिइन्।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजदूत होउ शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन्।
प्रतिनिधि सभा विघटन पति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री ओलीलाई उनी इतरको बहुमत पक्षले नेकपाको अध्यक्ष पदबाट हटाएको निर्णय गरेको छ भने नेकपाको दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।(सेतोपाटि)