धनगढी –लालीमा लकडाउन उल्लंघन गर्ने १८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउन उल्लंघन गर्ने उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गर्दै छोडिएको हो।
उनीहरुलाई एक घण्टा सडकमा उभ्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार आज विहान मात्रै ९१ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ।
गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेपछि परिपत्र गर्दैगर्न निर्देशन दिएको हो। कैलाली प्रशासनले आजदेखि जिल्लाभरी आवागमन समेत बन्द गरिएकाे जनाएको छ।