मुगु – नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल परिचित छ । मुगु जिल्लामा रहेको रारा ताललाई तत्कालिन राजा महेन्द्र बीरबिक्रम शाहले वि.स.२०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।
राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको किम्बदन्ती छ । रारा ताल समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा छ । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् ।
फोटो सौजन्य : पूर्णचन्द्र जोशी