महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि (३५ सय डलर )९४ लाख ११ हजार रुपैयाँ जरिवाना

  एजेन्सि -कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३५ सय डलर ९४ लाख ११ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

यो महिनाको सुरुवातमा एक महिलासँग राष्ट्रपति पिन्येराको एउटा सेल्फी सोसल मिडियामा भाइरल भएको थियो । यो तस्बिरमा न राष्ट्रपतिले न ती महिलाले मास्क लगाएका थिए ।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले उनीसँग सेल्फी खिच्न चाहँदा आफूले मास्क लगाउनु पर्ने बताएका छन् ।

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ ।

चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ ।