प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि  प्रधानमन्त्री गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री निवास पुल्चोक

काठमांडौ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन्।

बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुल्चोकमै पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीबीच छलफल जारी छ। उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालपनि सहभागी भएका छन्।

अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्रीनिवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

खुमलटारमा अध्यक्ष दाहालसँगको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए।

 (सेताेपाटि)