एजेन्सि- अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीले शुक्रबार आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न कोभिड(१९ विरूद्धको खोप लिएका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न कोभिड(१९ विरूद्धको खोप लिएका छन्।
नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए।
ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने, कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरूमा नै लिएको छु। खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन।