काठमाडौं—अवैध रुपमा नक्कली सेनिटाइजर तथा कस्मेटिक सामान बनाएर बिक्री वितरण गरी कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलील मंगलबार दुई जनालाई खुशिबुबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई मानव स्वास्थ्यमा असर पर्ने सेनिटाइजर तथा कस्मेटिक मालसामान तयार गरी बिक्री वितरण गरेको सूचनाका आधारमा पक्राउ गरेको हो । अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीकाअनुसार पक्राउ पर्नेमा नयाँबजार खुसिनु बस्ने अब्दुल मनान र प्रदीप उपाध्याय लुइटेल रहेका छन् । उनीहरुले प्रख्यात ब्राण्डहरुका स्टिकर छपाएर खाली बोतलमा लेभलिङ गरेर दुरुस्तै देखिने गरी बजारमा बिक्री वितरण गरेर जनस्वास्थ्य माथि खेलवाड गरेका प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न नक्कली सेनिटाइजर तथा कस्मेटिक भण्डार गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
ताजा खबर