सल्यानमा यस वर्ष घट्न थालेपछि किसानहरु मर्कामा

सल्यान- सल्यानमा यस वर्ष मह उत्पादन घटेको छ।

मह उत्पादनका लागि राम्रो सम्भावना रहेको सल्यानमा यस वर्ष घट्न थालेपछि किसानहरु मर्कामा पर्नुको साथै मह उत्पादन घटेपछि मौरीपालक किसान चिन्तित बनेका छन्।

सल्यानको कालिमाटी गाउँपालिका २ झिँगानेका लोकेन्द्र वलीले गत वर्ष १४ क्विन्टल मह बिक्री गरेको र यस वर्ष मुस्किलले तीन क्विन्टल हुने बताए। वलीले यस वर्ष चिउरी निकै कम मात्रामा फूल्नु तथा फूलेका फूलमा पनि रस नहुनु, वनमा झुसिलकिराको प्रकोप लगायतका कारण मह उत्पादन घटेको बताएका छन ।यस्तै अर्का किसान वेत बहादुर वलीले महको उत्पादन घट्दा जीविकोपार्जनमा समेत समस्या भएको बताए।

गत वर्ष ६ क्विन्टल भन्दा बढी मह बिक्री गरेका वेतबहादुर यो वर्ष दुई क्विन्टल पनि नपुग्ने बताका छन
गत वर्ष सल्यानमा १२ मेटिक्टन मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख छ। जिल्लामा करिब १ हजार ५ सय ३० भन्दा बढी मौरी घार रहेको कार्यालयले जनाएको छ।
गत वर्ष आठ सय रुपैयाँ किलो बिक्री भएको मह यो वर्ष भने एक हजार रुपैयाँमा बिक्री भएको छ। मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको हो