१। राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ रु
( नुवाकोटकी भैरवी भूगोल ।
– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।
– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका ।
– प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपियाँ प्रदान गरिएको ।
२। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति कायम भएको छ रु
८,८४८।८६ मिटर ९२९,०३१।७ फिट० ।
– विक्रम संवत् २०७७ मङ्सिर २३ मा नेपाल र चीनद्वारा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको ।
– सगरमाथाको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।
– विगत ६५ वर्षदेखि यसको उचाइ ८,८४८ मिटर वा २९,२८।८७ फिट स्वीकारिएको थियो ।
३। राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति–कति सूचक तय गरेको छ रु
समृद्धि -३२ र सुख- २३ ।
४। इन्डोप्यासिफिक क्षेत्रअन्तर्गत कतिवटा देश पर्छन् रु
२४ ।
५। नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल कुन हो रु
यात्री ।
६। स्थानीय तह निर्वाचन–२०७५ मा निर्वाचित सबैभन्दा कम उमेरका स्थानीय तह प्रमुख को हुन् रु
उदयकुमार यादव ९२४ वर्ष०, ९सहिद नगरपालिका, सिरहा० ।
७। नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो रु
चुहानडाँडा, तेह्रथुम ।
८। सङ्घअन्तर्गत रहेका जिल्ला कार्यालयहरू स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय कहिले गरियो रु
विसं २०७५ साउन १ ।
९। हालै नासाका वैज्ञानिकहरूले अन्तरीक्षमा कुन बिरुवा उमारेका छन् रु
मुला ।
– नासाका अन्तरीक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलोपटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेका । केटले मुलाका २० बिरुवा प्याक गरी सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखेको जनाएका ।
– नासाको यो प्रयोगको नाम ‘प्लान्ट हेविटेट ०२’ राखिएको ।
– यसअघि अन्तरीक्षमा गहुँ उमारिएको थियो ।
– फरक–फरक प्रकारका खाद्यान्न÷तरकारी उमारेर अन्तरीक्षमा कस्ताखालका बिरुवा उमार्न सकिन्छ । जुन लामो समयसम्म रहने अन्तरीक्ष यात्रीहरूका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको बताइएको ।
१०। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो रु
माल्दिभ्स ।
– ९नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।०
११। इन्च्योन रणनीति ९२०१३–२०२२ के सँग सम्बन्धित छ रु
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ।
१२। नेपाल सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालयअन्तर्गत स्थापना गर्ने निर्णय गरेको हो रु
अर्थ मन्त्रालय ।
१३। सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ रु
मकवानपुर ।
१४। तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ रु
लमजुङ ।
१५। जैविक हतियार निधेषसम्बन्धी महासन्धिको नेपाल कतिऔँ पक्ष राष्ट्र हो रु
१७७औँ ।
– ९नेपालले विसं २०७३ कात्तिक १९ मा अनुमोदन गरेको ।०
१६। पाउलो रोसी कुन खेलसँग सम्बन्धित खेलाडी हुन् रु
फुटबल ।
– उनले सन् १९८२ मा इटालीलाई फुटबल उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ।
– एकै वर्ष गोल्डन बुट, गोल्डन बल तथा फिफा वर्ष खेलाडी हुने रोसी अहिलेसम्मकै एक्ला खेलाडी हुन् ।
– रोसीको ६४ वर्षको उमेरमा सन् २०२० डिसेम्बरमा निधन भएको ।
१७। पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिसेस नेपाल टुरिजम–२०२० को उपाधि जित्ने युवती को हुन् रु
मनिता रिसाल बुढाथोकी ९बाफल, काठमाडौँ० ।
– ९त्यस्तै, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीलाई ।०
१८। नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो रु
राँचुली गाउँ, कालीकोट ।
– ९विसं २०७५ जेठ १७ मा घोषित० ।
१९। सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो रु
तिलोत्तमा नगरपालिका ९रूपन्देही० ।
२०। नेपाल सरकारले एक्लै हिमाल आरोहण गर्न नपाइने व्यवस्था कहिले गरेको हो रु
विसं २०७४ पुस १५ ।
२१। अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ रु
नवलपुर ९नवलपरासी वर्दघाट–सुस्ता पूर्व० ।
२२। नेपालमा इमेललाई सरकारी निकायमा कानुनी मान्यता प्रदान कहिले गरिएको हो रु
विसं २०७५ कात्तिक २६ ।
२३। विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइनको निर्माण सुरु कहाँ गरिएको छ रु
कुस्मा ९पर्वत० ।
– कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको ।
– हार्नेस जिपलाइन प्रालिले निर्माण गर्ने सुपरम्यान शैलीको जिपलाइनसहितका साहसिक पर्यटकीय संरचनाको २०७७ मङ्सिर २६ मा शिलान्यास गरिएको ।
– सुपरम्यान शैलीमा निर्मित विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको ।
– क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । नेपालमा क्लासिक शैलीका जिपलाइन योभन्दा लामो भए पनि सुपरम्यान शैलीमा यो विश्वकै दोस्रो लामो भएको जनाइएको ।
– निर्माण कम्पनीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटर गतिमा बगेर गन्तव्य नजिकिँदै गर्दा बिस्तारै घट्दै जाने गर्छ ।
२४। सन् २०२० डिसेम्बर १० मा मनाइएको ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा के हो रु
रिकोभर बेटर स्टान्ड अप फर ह्युमन राइट्स् ।
– ९राष्ट्रिय नारा महामारीमा मानवअधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार० ।
२५। नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता कहिले भएको हो रु
सन् २०१९ सेप्टेम्बर ३० ।
२६। दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ नागरिक को हुन् रु
जिया वोयू ९सन् २०१८ मे १४० ।
२७। विभाजित भएको करिब दुई वर्ष पुग्नै लाग्दा विवेकशील नेपाली दल र साझा पार्टीबीच पुन ः एकीकरण कहिले भएको हो रु
विसं २०७७ मङ्सिर २४ ।
– मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच मङ्सिर २४ मा एकीकरणको औपचारिक घोषणा गरिएको । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र पुरानै निर्वाचन चिह्न तराजु रहेको ।
– एकीकृत पार्टीको अध्यक्ष मिश्र र संयोजक पाण्डे रहनुभएको ।
२८। राष्ट्रिय योजना आयोगद्वारा २०७७ मङ्सिर २८ मा सार्वजनिक मानव विकास प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ रु
०।५८७ ।
– नेपालको मानव विकास सूचकाङ्कको मूल्य ०।५८७ पुगेको छ । गत वर्ष यो ०।५७९ थियो । प्रतिवेदनअनुसार लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशभन्दा नेपाल अगाडि रहेको छ । आय मापदण्डमा नेपाल पछाडि रहेको भए पनि मानव सम्पत्ति र आर्थिक जोखिम मापदण्ड भने पूरा भएको छ । यससँगै सन् २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको सूचीमा प्रवेश गर्न आधार तयार भएको छ ।
– विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको सूचीमा रहेको छ । ०।५५० अङ्कभन्दा माथि ०।६९० सम्म एचडीआई हुनुलाई मध्यमस्तर मानिएको छ । सन् १९९८ देखि नेपालले मानव विकास प्रतिवेदन प्रकाशित गर्न थालेको हो ।
२९। समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् रु
स्टेफन हकिङ ।
३०। अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुनेगरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो रु
विसं २०७५ मङ्सिर २९ ९सन् २०१८ डिसेम्बर १५० ।
– नागरिक उड्डयनसम्बन्धी महŒवपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।
– यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार हवाई बीमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमाबापत एक लाख ६० हजार अर्थात् करिब पौने दुई करोड रुपियाँ पाउने ।
– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाईयात्रुको सुरक्षासम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिने । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको ।
– संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र सर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको ।
(गोरखापत्र)