अछाम जिल्ला अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल

सुर्खेत- अछाम जिल्ला अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज विष्टले जानकारी दिनुभयो ।

कर्मचारी निको भए लगत्तै सबै सेवा सुरु गर्ने पनि उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित सबै कर्मचारीहरू होम आइसोलेशनमा रहेका छन् ।