प्रेमीले समय बर्बाद गरिदिएको भन्दै युवतीले ठोकिन् मुद्दा

एजेन्सी – आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि एक युवतीले आफ्ना प्रेमीविरुद्ध मुद्दा ठोकेकी छिन् । युवतीले प्रेमीले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् । युवतीको उमेर २६ वर्ष हो ।

tuko.co.ke को रिपोर्ट अनुसार युवतीले आफ्ना प्रेमी सम्बन्धमा रहँदा कहिल्यै पनि सिरियस नभएकोले आफूले मुद्दा नै ठोक्नुपरेको बताइन् । युवतीले आफ्नो भविष्य के होला भनेर जान्ने अधिकार भएको बताएकी छिन् ।

२६ वर्षकी युवतीको नाम गरट्रूडे नगमा हो र यो घटना अफ्रिकी देश जाम्बियाको हो । प्रेमी हर्बर्ट सलालिकीको उमेर २८ वर्ष हो । नगमाका अनुसार प्रेमीसँग उनको एक सन्तान पनि जन्मिसकेको छ र प्रेमीले विवाहको बचन पनि दिएका थिए ।

यता प्रेमीले भने आफू आर्थिक कारणले तत्काल विवाहका लागि राजी नभएको जानकारी दिए । स्थानीय प्रचलन अनुसार हर्बर्टले दाइजोको रकम पनि स्विकारिसकेको ती युवतीले बताएकी छिन् ।
युवतीले अदालतसमक्ष आफू विवाहको प्रतिक्षा गर्दागर्दै थकित भइसकेको बताएकी छिन् ।

युवतीले अब उनलाई प्रेमीको आचरणमा नै शंका लागिरहेको बताएकी छिन् । सलालिकीको अन्य कुनै महिलासँग अफेयर भएको हुनसक्ने उनले आशंका गरेकी छिन् ।