कालिकोटकाे पाल्त महादेव वनमा भीषण आगलागी

कालिकोट – सदरमुकाम मान्म नजिकै रहेकाे पाल्त महादेब सामुदायिक वनमा आगलागी भएकाे छ । खाँडाचक्र नगरपालिक- ३ मा रहेको सामुदायिक वनमा आगलागी भइरहेकाे हाे ।

पाल्त महादेब सामुदायिक वनका अध्यक्ष काली पाण्डेले वनको सबै खर र बुटेन जलेको देख्दा दुखि बनाएकाे बताए । आगो निभाउन कुनै पनि निकायबाट पहल नहुँदा आगाे भिषण रूपमा फैलिएकाे पाण्डेकाे भनाइ छ ।